काठमाडौँ । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि नेपाल एअरलाइन्सको जहाज भारतको कोलकत्ता डाइभर्ट भएको छ ।
मलेसियाको क्वालालम्पुरबाट आएको जहाज शुक्रबार विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो ।
तर, शुक्रबार बिहानको काठमाडौंको मौसम प्रतिकुलताको कारण जहाज अवतरण गर्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
क्वालालम्पुरबाट काठमाडौंका लागि उडेको उडान नम्बर आरए ४१६ भएको जहाज अहिले भारतको कोलकत्ता पुगेको छ ।
अहिले भने विमानस्थलको मौसम सुधार भएर जहाज आउने जाने क्रम सुरु भइसकेको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।
क्वालालम्पुर डाइभर्ट भएको जहाज कतिबेला काठमाडौं आउने भन्ने यकिन नभइसकेको विमानस्थलका अधिकारीहरुले बताएका छन् ।