पोखरामा विमान दुर्घटना परेका मध्य ६५ जनाको शव भेटियो

काठमाडौँ । पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ६५ जनाको शव भेटिएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार अहिलेसम्म ६५ जनाको शव प्राप्त भएको हो । जहाजमा रहेका ७२ जनामध्ये अहिलेसम्म ६५ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अब जीवितै उद्धारको सम्भावना नरहेको बताए ।

चालक दलका सदस्य चारजना रहेको प्राधिकरणले जनाएको छ । १० बजेर ५० मिनेट जाँदा जहाज सेती खोँचमा दुर्घटना भएको हो ।
बिहान साढे १० बजे पोखराका लागि काठमाडौंबाट उडेको जहाज दुर्घटनामा परेको थियो ।

जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ६८ यात्रु रहेका थिए ।

जहाजमा चालक दलका सदस्य ४ जना, महिला २५, पुरुष ३७, ३ बालक र ३ शिशु रहेका थिए ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले  अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन्
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here