साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश घोषणा: यस्तो छ बोनस सेयर र नगदको विवरण

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बिहिबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here