बागमती प्रदेशकाे मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त
मकवानपुर । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।