नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौं आइपुगे

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन्।
आइतबार काठमाडौं आइपुगेका उनले नेपाल – चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन्।
नेपाल –चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताएका छन्। उनी नेपालका लागि २२औँ चिनियाँ राजदूत हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here