काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेट गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेटेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको छ ।
त्यस अवसरमा राजदूत डोप्रेजले अर्को महिना दुई देशका संयुक्त आयोगको बैठकल बस्ने प्रधानमन्त्रीलाई जानकारी गराइन् ।