चर्चामा लालबहादुर विश्वकर्मा: उनलाई न्याय दिलाउन सामाजिक संजालमा तीब्र माग

यतिबेला सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-१९ घर भएका गोपाल भनिने लालबहादुर विश्वकर्मामाथि परेको पिडाले सामाजिक सञ्जाल तताएको छ। दिपक विश्वकर्मा गजमेरले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा सुन, चाँदीका गरगहना बनाउने कालिगडका रुपमा काम गर्ने गर्थे लालबहादुर। दिपक गजमेर विश्वकर्मा र उनका परिवारले सुन पसलको साथै सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिच प्रा.लि नामको बचत पासबुक बनाई उचित ब्याज सहित मुनाफा दिने भन्दै प्रलोभन देखाई स्थानिय २७५ जनाबाट १८ करोड बढी रकम ठगी गरेको प्रमाणसहित उक्त रकम बिगो तिराउने सुनसरी जिल्ला अदालतले फैसला सुनायो। यता लालबहादुर आफ्नो गहना बनाउने ‘कालिगड’को कामसंगै साहुले खटाए अनुसार ती पासबुकमा हस्ताक्षर गर्ने र समयसमयमा बैंक गई रकम जम्मा गर्ने तथा निकाल्ने काम पनि गर्थे। उनले अदालतमा बयान दिँदापनि साहु दिपकका बुबा कृष्णबहादुर अनपढ रहेका र उनको आदेश निर्देशनमा २ वटा पासबुकमा दस्तखत गरेको र कालिगड बाहेक पसलमा अन्य जिम्मेवारी आफ्नो नरहेको बताएका छन्। त्यस्तै साहु र उनको परिवार तथा जाहेरवालाहरुले लालबहादुर विश्वकर्मा निर्दोष रहेको बकपत्रमा बयान दिएका छन्। तर २०७८ पौष १९ गते सुनसरी जिल्ला अदालतले ज्वलर्स सञ्चालक दिपक विश्वकर्मा र उनको परिवारसहित लालबहादुर विश्वकर्मा (गोपाल) लाई अन्य सजायसहित बिगो रकमको बराबर गरि तिराउने भन्ने फैसला गर्दियो। र लालबहादुरको भागमा परेको करिब ४ करोड तिर्नुपर्ने भयो। अहिले यस फैसलाको विरुद्ध लालबहादुरले उच्च अदालतमा पुनरावेदन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here