पेलेको आज अन्तिम संस्कार गरिँदै

विश्व फुटबलका लेजेन्ड ब्राजिलियन पेलेलाई हजारौ समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन्।
साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको थियो।
अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशाला पुर्‍याइएको थियो।
रोयटर्सका अनुसार ३० डिग्रीभन्दा माथिको तापक्रमको वास्ता नगरी उनीहरूले दुई घन्टाभन्दा बढी समय लाइन बसेर पेलेलाई श्रद्धाञ्जली दिएका थिए।
पेलेले दुई दशकभन्दा बढी समयसम्म सान्तोस क्लबबाटै व्यवसायिक फुटबल खेलेका थिए।
सन् १९४० मा ट्रेस काराकोएसमा जन्मिएका पेले सन् १९५६ मा परिवारसहित सान्तोस बसाई सरेका थिए। उनले आफ्नो जीवनको अधिकांश समय सान्तोसमै  बिताएका थिए।

यसैबीच पेलेलाई श्रद्धाञ्जलि दिन पुगेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रलाई आग्रहसमेत गरेका छन्। उनले फिफाले पनि पेलेप्रति उच्च सम्मान गर्ने जानकारी दिए।
नेइमार, भिनिसियस जुनियर लगायत खेलाडी, समर्थकले पेलेलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। 

Incredible fireworks tribute to football legend Pele in Santos, Brazil. pic.twitter.com/BRacNGoy8w
— FT90Extra ⚽ (@FT90Extra) January 2, 2023

यसैबीच विश्वभरका ५० हजार पत्रकारले पेलेको अन्तिम संस्कारको समाचार संकलनका लागि अनुमति मागेको सान्तोसको प्रेस कार्यालयलाई उदृत गर्दै रोयटर्सले बताएको छ ।

Pelé’s coffin is carried onto the pitch at Vila Belmiro Stadium. His funeral started at 10 a.m. local time, and the burial will take place in a vertical cemetery only 600 meters away on Tuesday. https://t.co/tXoVBsZFKy pic.twitter.com/u8EkrLPquK
— The Associated Press (@AP) January 2, 2023

२४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको आज निजी समारोहमा राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको उपस्थितिमा अन्तिम संस्कार हुनेछ।
तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । 
पेलेको निधनपछि ब्राजिल सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको थियो।
विश्वकै सबैभन्दा महान खेलाडी पेले सन् २०२१ देखि क्यान्सरको उपचार गराइरहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here