जापानमा एक नेपाली विद्यार्थी अनिस कटुवाल मृत अबस्थामा भेटिए

काठमाडौं । जापानको एक एक नेपाली विद्यार्थी मृत अबस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा धनकुटाका २८ वर्षीय नेपाली युवा अनिस कटुवाल रहेका छन् ।
विद्यार्थीका रुपमा २०२२ को जुलाईमा जापानको टोकियोमा बस्दै आएका कटुवाल आफू बस्दै आएको कोठाको बाथट्युबमा आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
कोठामा संगै बस्दै आएका दुई जना साथी नयाँ वर्ष मनाउन गएराति बाहिर गएको र बिहान ५ बजे कोठामा फर्कँदा कटुवाल बाथट्युबमा तैरिएको अवस्थामा फेला परेको बताइएको छ ।मृत भेटेपछि साथीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेर जानकरी गराएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here