सन्दीप लामिछानेकाे मुद्दा हेर्न नभ्याइनेमा

 
काठमाडौं । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनकाे मुद्दा हेर्न नभ्याइनेमा परेकाे छ ।
 
पाटन उच्च अदालतले सन्दीपको पेसी हेर्न नभ्याइनेमा राखेको उपरजिस्ट्रार  उपेन्द्रकेशरी पाेखरेलले क्यानडा नेपाललाई जानकारी दिए । अब अर्काे बिहीबारका लागि पेसी ताेकिएकाे उनले जानकारी दिए । 
 
भदौ ५ गते राति नाबालिकालाई लामिछानेले गौशालास्थित एक होटलमा पुर्‍याएर जबर्जस्ती करणी गरेको आरोप छ। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेलमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here