एमाले, माओवादी केन्द्र,रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सरकार गठनलाई बालकोटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नयाँ सरकार गठनको लागि बहुमत पुग्ने दलका शीर्ष नेताहरूको छलफल सुरु भएको छ ।
 
एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू बालकोटमा छलफल गर्न थालेका छन् । यी दलको १४४ जना सांसद छन् ।
 
नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका दलहरूबीच सहमति हुन नसकेपछि एमाले अध्यक्ष ओलीको पहलमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।
 
नयाँ सम्भावित सत्ता समीकरणमा एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपा २० र राप्रपाको १४ गरी १४४ सांसद पुग्छन् । 
 
नयाँ सरकार गठनका लागि १३८ जना सांसद भए पुग्छ । बालकोट छलफलमा जसपा संसदीय दलका नेता अशोक राई पनि सहभागी छन् । संघीय संसद्मा सो दलका १२ जना सा‌ंसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here