राष्ट्रिय भुमि आयोग धादिङको आयोजनामा रुबीभ्यालीमा भोलि अन्तरक्रिया कार्यक्रम हुने

धादिङ । भुमिहिन, दलित, सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको २०७९ को लगत संकलन सम्बन्धि कार्यविधि जानकारी मुलक एकदिने अन्तरक्रिया कार्यक्रम रुबीभ्याली गाउँपालिकाको सेर्तुङमा हुने भएको छ । राष्ट्रिय भुमि आयोग धादिङको आयोजनामा उक्त कार्यक्रम हुन लागिएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव बिपिन तामाङले होराईजन खबरलाई बताउनु भयो ।

राष्ट्रिय भुमि आयोग धादिङका प्रमुख कृष्ण प्रसाद अर्यालको सभापतित्वमा, रुबीभ्याली गाउँपलिका अध्यक्ष रामसिङ तामाङको प्रमुख आतिथ्यता, त्यस्तै पालिका उपाध्यक्ष फेलामा तामाङको विशेष आतिथ्यता एबं राष्ट्रिय भुमि आयोग धादिङका सदस्य सरिता तामाङ, कबिता ईटनी, राष्ट्रिय भुमि आयोग सदस्य सचिव नापी कार्यालयका प्रमुख हरिबोल फुयाल, गाउँपालिका प्रशासकीय प्रमुख नवीन कुमाल गोले, साथै सम्पुर्ण वडाका वडा अध्यक्ष सदस्यहरु लगायत राजनीति दलका प्रतिनिधिहरुको आतिथ्यता रहने छ ।

कार्यक्रम भोलि बिहानको ११ बजे देखि सुरु हुने छ। थप जानकारीको लागि पालिका द्वारा प्रकाशित सूचनामा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here