दोङदेन देबि मा.बि. रुबीभ्यालीका शिक्षक विद्यार्थी ६ दिने शैक्षिक भ्रमणमा प्रस्थान

धादिङ । उत्तरी धादिङको रुबीभ्याली २ टिप्लिङ स्थित दोङदेन देबि मा.बि. रुबीभ्यालीका शिक्षक विद्यार्थी ६ दिने शैक्षिक भ्रमणमा प्रस्थान गरेका छन ।

शैक्षिक भ्रमणको क्रममा चितवन, लुम्बिनी, पोखरा र गोरखाका धार्मिक, सांस्कृतिक एतिहासिक कला सम्पदा तथा शैक्षिक संस्थाहरुको अवलोकन गर्ने कार्यक्रम रहेको सोही विद्यालयका शिक्षक संयोजक सोम बहादुर तामाङले होराईजन खबरलाई बताउनु भयो ।

कक्षा ८,९, र १० का ४७ विद्यार्थीहरु र ५ जना शिक्षकहरु सहभागी उक्त भ्रमणमा विद्यार्थीहरुले धेरै कुराहरु सिक्ने अवसर समेत प्राप्त गर्ने छन । विद्यार्थीहरुलाई किताबी पानाका हरपहरुमा मात्रै सिमित रहेका कतिपय स्थानहरुलाई प्रत्यक्ष रुपमा त्यस स्थानमा पुगेर अध्यन अबलोकन गर्दा शिक्षण सिकाइमा धेरै नै सहयोग पुग्ने तामाङ बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here