राजाराम रिजाल धादिङ जिल्ला अस्पतालको अध्यक्षमा चयन

धादिङ । जिल्लाको धादिङबेशीमा रहेको धादिङ अस्पताल संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा राजाराम रिजाल नियुक्त भएका छन् ।
बिहिबार बागमती प्रदेश सरकारको माननिय मन्त्रि स्तरको निर्णय अनुसार उनि अस्पतालको अध्यक्षमा मनोनित भएका हुन् ।
बागमती प्रदेश सरकारले प्रदेश स्वास्थ्य सेवा अध्यादेशको दफा २६ ख बमोजिम काम कर्तव्य र अधिकार सम्पादन गर्न सोही अध्यादेशको दफा २६ क उपदफा ८ बमोजिम पदावली कायम हुने गरि रिजाल मनोनित गरिएको छ ।
नीलकण्ठ नगरपालिका वडा न २ बसाह घर भएका रिजाल सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्तित्व हुन् ।
उनि नेकपा माओवादी केन्द्र, धादिङको सिफारिसमा धादिङ अस्पताल संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा मनोनित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here