मुस्ताङ सहित देशका अन्य जिल्लाहरुको मत गणनाको पछिल्लो परिणाम यस्तो छ

मंसिर – ५ । मुस्ताङमा नेपाली कांग्रेसले ३ सय ७८ मत सहित अग्रता हासिल गरेको छ । मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो ।कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मतले पछयाईरहेका छन । उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने हालसम्म गणना भएको मध्य ४० मत बदर भएको छ।
हालसम्म मत गणना भएको निर्वाचन मध्ये नेकपा एमालेले चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ ।
ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ ।
यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिईरहेको छ ।
त्यस्तै ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् । सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन भने लौरो चिन्हले ८९७ र कलमले ७७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, लतिलपुर–३ मा अमृत खडकाले ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌. ताेसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here