अबको ५ बर्षमा बत्ति मुनिको अध्यारो उत्तरी धादिङले मुहार फेर्ला ?

धादिङ । ५ बर्षमा १ चोटि आउने यो महान उत्सवमा आफ्नै जन्म थलो रुबीभ्याली ५ लापा बाट आफ्नो मतको दान गरे । अब जित्नु हुने मान्य ज्युहरुले बत्ति मुनिको अध्यारो उत्तरी धादिङलाई समृद्ध क्षेत्रको रुपमा बिकास गर्नु हुन्छ होला ? झिनो आशा छ गर्नु हुन्छ कि भनेर ।

अझै सडकले प्रमुख गाउँ बस्ती छुन नसकेको रुबीभ्याली ५ र ६ का वडाहरु, केन्द्रिय प्रसारण लाईन पुग्न नसकेको र पुगेर पनि बाल्न नसकिएको रुबीभ्याली, बर्षात र जाडो मौसममा पटक पटक मोबाइल टावरमा समस्या उत्पन्न, एउटा सोलारको ब्याट्री फेर्न नसकेको रुबीभ्याली, सहि स्थान छनोट गर्न नसकी पहुँचको भरमा टावर राख्दा पालिका भित्र ३ वटा टावर बन्दा पनि अझै केहि गाउँ बस्तिमा सञ्चार सुबिधाबाट बन्चित छन । करोडौंको खनिज पदार्थ र जडिबुटीहरुको खुलेआम अबैध कारोबार भैरहदा त्यसको सहि तरिकाले नीति नियम अनुसार बेचबिखन गर्न सकिएको छैन ! अन्य पालिकाहरुमा पनि यस्ता थुप्रै समस्याहरु छन । आसा छ अबको ५ बर्ष भित्र यी सबै समस्याहरु समाधान हुनेछन् ।

उत्तरी धादिङमा अझै कतिपय साधारण किसिम कै बिरामी पर्दा होस वा जटिल समस्या पर्दा लाखौं खर्चेर उपचारका निम्ति हेलिकप्टरमा जानू पर्ने अवस्था छ । साङ्कोस टिप्लिङ सडक खण्ड दशकौं देखी निर्माण कार्य भै रहदा पनि स्तर उन्नति हुन सकेको छैन । बर्षमा लगभग ६ महिना गाडी चल्ने त्यसमा पनि चर्को भाडा दर अनि जोखिम युक्त यात्रा । थुप्रै गाउँ बस्तीहरु पहिरोको उच्च जोखिममा छन अझै पुनस्थापना हुन सकेका छैनन् । जिल्ला सदरमुकामको भन्दा अत्यन्तै महँगो मुल्यमा सामान खरिद गर्नु पर्ने । गुणस्तरीय स्वास्थ, शिक्षा जस्ता सेवाको अभावले अझै अशिक्षित युवाहरुको सृजना भै हजारौं युवाहरु रोजगारको निम्ति बिदेश वा शहर पलायन हुन बाध्य छन र गुणस्तरीय शिक्षाको अभावमा आफ्ना बालबालिकाको भबिस्य निर्माण गर्न आफ्नो गाउँ बस्ती छोड्न बाध्य छन ।

स्थानीय स्तरमा उत्पादित कृषि जन्य उत्पादनको बजार अभाव छ, पर्यटन क्षेत्र र जलविद्युत मार्फत उत्तरी क्षेत्रको बिकासको प्रचुर सम्भावना छ । व्यावसायिक नजरले हेर्ने हो भन्ने सिङ्गो उत्तरी क्षेत्रको बजार खाली छ । सुन देखि नुन सम्म बिक्रि हुने सम्भावनाहरु छन । ठुलो लगानीमा ब्यबसाय स्थापना गर्न सकिन्छ तर विविध चुनौतीहरु छन ।

यस्ता सम्पुर्ण समस्याहरुको समाधान अबको ५ बर्ष भित्र हुने छ कि भन्ने मैले झिनो आस गरेको छु । अनि समृद्ध उत्तरी धादिङ अब बन्ने … मनमनै परिकल्पना गरेको छु । यी आशाहरु निराशामा नबद्लिओस । यहीँ कुराहरू अर्को चुनावी घोषणा पत्रमा पूरा गर्ने छौ भनी तपाईहरुले लेख्न र जनता माझ झुठो भ्रम छर्न नपरोस् ।

जस्ले जित्नु भए पनि सफल कार्यकालको अग्रिम शुभकामना मान्य ज्युहरुलाई । जिते पछि यहाँका जनतालाई नभुल्नु , तपाईंले गर्नु भएका बिकासका प्रतिबद्धताहरु नभुल्नु ।

गजेन्द्र गुरुङ
रुबीभ्याली- ५, धादिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here