रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङ द्वारा रुबीभ्याली ३ सेर्तुङ बाट मतदान गरे

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङले रुबीभ्याली वडा न ३ को च्याम्रा देबि मा.बि. सेर्तुङको मतदान केन्द्र बाट मतदान गर्नु भएको छ ।

यस्तै आज मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो। मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसक्नुभएको छ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ। निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ। मतदान अपराह्न ५ बजेसम्म चल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here