नारी अङ्गकै स्वरुपमा बनेको वक्राह रंगशाला, जहाँ हुनेछ विश्वकप फुटबल उद्घाटन

रोचक खबर । के तपाईंले नारीको जननेन्द्रीय (योनी) जस्तो आकारको रंगशाला देख्नुभएको छ ? छैन भने नेपालीहरुको बैदेशिक रोजगारको प्रमुख गन्तव्य कतारमा देख्‍न पाइन्छ। सन २०२२ को विश्वकपलाई लक्षित गरेर कतारमा योनी जस्तो आकारको अल वक्राह रंगशाला निर्माण गरिएको छ।
विश्वकप आयोजना सुरु भएको ९२ वर्षपछि पहिलो पटक खाडीमा प्रतियोगिता हुने भएपछि सबैलाई आर्कषित गर्न कतारले नयाँ स्वरुपको रंगशाला निर्माण गरेको हो ।
अल वक्राह नाम दिइएको रंगशाला झट्ट हेर्दा योनी झैं देखिन्छ। विश्वकप आयोजना हुनुभन्दा ३ वर्ष अघि नै अर्थात १६ मे २०१९ मा यो रंगशाला अनावरण गरिएको थियो। यो रंगशालामा उदघाटन देखि क्वाटरफाइनलसम्मको खेल आयोजना गरिनेछ। कतारको तापक्रमलाई ध्यानमा राखेर रंगशालामा ४० हजार दर्शकका लागि एयर कन्डिसनरको प्रयोग गरिएको छ। रंगशालाको डिजाइन स्व वृटिस–इराकी आर्किटेक्टर डेम जहाँ हदिदले गरेकी थिइन्।
रंगशाला निर्माण नसकिँदै ६५ वर्षको उमेरमा सन २०१६ मा उनको निधन भयो। कतारले विश्वकप आयोजनाको छानिएको ३ वर्षपछि सन २०१३ मा रंगशाला निर्माणको परिकल्पना गरिएको थियो। परम्परागत रुपमा अरबीहरुले माछा मार्न र मोती खोज्न प्रयोग गरिने डुङ्गालाई हेरेर रंगशालाको डिजाइन भएको थियो। तर नक्सा सार्वजनिक भएपछि टिप्पणीकर्ताहरुले महिलाको गोप्य अंगको रुपमा चित्रित गरेपछि रंगशाला भाइरल भएको थियो।

तत्कालीन समयमा आर्किटेक्चर डेम जहाले टिप्पणीहरुकाबाट असन्तुष्ट हुँदै भनिन्‚ ‘उनीहरु अत्यन्त मुर्ख छन् की उनीहरुले यस प्रकारको वकवासलाई अगाडी ल्याए। तिनीहरु के भनिरहेका छन? यसमा प्वाल भएको सवै कुरा योनी हो? त्यो हास्यास्पद छ।’ इराकमा जन्मिएका हदिद सन २०१२ को लन्डन ओलम्पिकको एक्वाटिक्स सेन्टर, इटालीको म्याक्सएक्सआई संग्रहालय र चीनको ग्वान्जाओ सहरको ओपरा हाउस निर्माणमा समेत संलग्न थिए। उनले थपिन्‚ ‘यदि कुनै मान्छेले यो परियोजना गरेको भए त्यहाँ त्यस्तो स्तर आलोचना हुने थिएन।’

कतारको राजधानी दोहाबाट करिब १२ माइलको दुरीमा रंगशाला निर्माण गरिएको छ। रेगिस्तानको गर्मीबाट मुक्त गराउनका लागि एसीसहितको निर्माण गरिएको छ। अल वक्राह रंगशाला निर्माणको क्रान्तिकारी कदम भएको जनाइएको छ। वातानुकूलन प्रविधिको प्रयोग गर्दै खेलाडी र दर्शकहरुको लागि तापक्रम ७२ डिग्री फरेनहाइटसम्म तल ल्याउन सकिने भनिएको छ। यो रंगशालामा १ सय भेन्टिलेसन इकाईको माध्यमबाट चिसो हावालाई पाइपबाट प्रवेश गराइने छ। जसमा पिचलाई छाया प्रदान गर्नका लागि ९२ मिटरको छत निर्माण गरिएको छ। खाडीको तापमानबाट बच्नका लागि प्रतियोगितालाई जाडो सिजनमा सारिएको छ।
जुन १० देखी १२ जुलाईसम्म आयोजना हुँदै आएको विश्वकप कतारमा २१ नोभेम्बर देखी १८ डिसेम्बरसम्म आयोजना हुँदैछ। जब विश्वकप समाप्त हुनेछ रंगशालाको माथिल्लो तह भत्काएर विकास भइरहेको देशमा पठाइनेछ। जसको फाइदा नेपालले समेत उठाउन सक्नेछ। कतार विश्वकपको रंगशाला निर्माणमा खटेका आप्रवासी कामदारले चर्को घाममा काम गर्नुपर्दा उनीहरुको हृदयघातलगायतका कारण मृत्यु हुने एक प्रतिवेदनमा बताइएको थियो। केही समयअघि जर्मन ब्रोडकास्टर डब्लूडीआरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २००९ देखि २०१९ सम्ममा नेपालको मात्र १२ सय २६ कामदार रंगशाला निर्माणका क्रममा मृत्यु भइसकेकाे छ। रसिया विश्वकप अघि विश्व फुटबल महासंघ (फिफा) अध्यक्ष गियानी इन्फान्टिनोले कतार विश्कपमा ४८ देशलाई सहभागि गराउन चाहेको बताएपछि छिमेकी अरबी राष्ट्रहरुलाई सह आयोजकको रुपमा राखेर प्रतियोगिता गर्नुपर्ने अवस्था सृजना हुने खतरा थियो। यदपी २०२६ को विश्वकपमा भने ४८ देशको सहभागिता रहने छ।

आतङ्कवादलाई सघाएको भन्दै साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारमाथि ५ जुन २०१७ बाट सुरु गरेको नाकाबन्दी अझै जारी छ। यदपी कतारमा त्यसको प्रभाव खासै देखिदैन। समुद्रसँग पहुँच रहेको कतारलाई टर्की र मध्यपूर्वको एउटा शक्ति देश इरानले सहयोग गरेका छन्। साभार/थाहाखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here