एक अनुसन्धान अनुसार विश्वका ७० प्रतिशत मानिस धोका दिन्छन्

काठमाडौ । धोका के हो ? यसको यकिन जवाफ मानिस अनुसार फरक फरक होला । तर धोका भनेको सम्बन्धमा लुकाइएको सत्य वा बोलेको बचन नपुर्याउनु पनि धोका हो भनेर बुझ्न सकिन्छ । धोकाको कुनै सीमा वा परिधि हुदैँन ।
धोकालाई विश्वास र विश्वासघात बीचको अन्तरका रुपमा बुझ्दा सहज हुन्छ । समाजमा यस्तो धोका दिनु वा धोका पाउनु सामान्य बिषय बनिसकेको छ । आजकलका कलिला उमेरमा प्रेममा पर्नेदेखि बर्षाै सम्बन्धमा बाधिएकाहरु समेत धोका पाउने गर्दछन् । तसर्थ अधिकाशं मानिसले जिवनमा कुनै न कुनै बेला कोही न कोहीबाट धोका पाएको हुनसक्छ ।

केही अघि भएको एक अनुसन्धान अनुसार विश्वका करिब ७० प्रतिशत मानिसले कुनै न कुनै रुपमा आफ्नो पार्टनरलाई धोका दिइरहेका हुन्छन् । तर यो धोकामा प्रेममा दिइने धोका वा छाड्नु भन्ने पर्दैन । यसमा कुनै कुरा छल गर्नु, लुकाउनु, जानकारी नदिई कुनै काम गर्नु वा बताउने पर्ने कुरा नबताउनुलाई धोका मानिएको छ ।

धोकाको खास अर्थ भावनात्मक विश्वासघात हो । अर्थात बचन र मर्यादामा बाधिएको सम्बन्धमा आउने अविश्वास र दुरी नै धोका हो । कतिपय मानिस प्रेममा धोका पाउने वा दिने गर्दछन् । यस मामलामा महिला पुरुषको संख्या बराबरी छ । यस्तो सम्बन्धमा बाधिएका मानिस धोकालाई अनैतिक मान्दछन् ।
धोका पाएपछि मानिस रुने, दुखि हुने, आफुलाई क्षति पुर्याउने वा बदलाको भाव राखि धोका दिने ब्यक्तिलाई क्षति पुर्याउने कल्पना र काम गर्दछन् । धोकाकै कारण कतिपय सम्बन्धहरु तोडिएका छन् । तर धोका दिएको मानिसलाई एक पटकलाई अवसर दिएर उसको नैतिकता र इमान्दारीता मापन गर्न सकिन्छ । यदि पूनः उक्त ब्यक्तिबाट धोका पाइयो भने यस्तोमा सम्बन्ध बचाउनुभन्दा सम्बन्ध तोड्नु नै उचित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here