सुनको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। सुनको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। मंगलबार सुनको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here