अजयको ६० करोड भारुमा बनेको दृश्यम–२ ले कमायो २ सय करोड बढी

काठमाडौ । अजय देवगन स्टारर ‘दृश्यम–२ ले कमामा चमत्कार गरेको छ । फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको भारतिय मिडियाले जनाएका छन् । रिलिजको १० औँ दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोड भारुको दमदार कलेक्सन गरेको छ ।
यो सँगै दृश्यम २ कमाइका हिसाबले यो वर्षको पाँचौँ ठुलो हिन्दी फिल्म बनेको छ । दृश्यम २ ले घरेलु बक्स अफिसमा हालसम्म १६९ करोड भारुको ग्रस कलेक्सन गरिसकेको छ भने विदेशमा फिल्मले ३३ करोड कमाएपछि फिल्मको कुल आम्दानी २०३ करोड भारु पुगेको छ ।
६० करोड भारुमा बनेको यो फिल्मको अहिलेसम्मको आँकडा निकै राम्रो मानिएको छ । फिल्ममा अभिषेक पाठक निर्देशित फिल्ममा श्रीया सरन, ईशिता दत्त, मृणाल जाधव, रजत कपुर लगायतले पनि अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here