आफुले न्याय नपाएको भन्दै रङ फ्याकेर विरोध गर्दै सर्वोच्च अगाडि बिनु

काठमाडौँ । आफूले न्याय नपाएको भन्दै सोलुखुम्बुकी बिनु यादवले सर्वोच्च अदालतको गेटमा रङ फ्याँक्दै विरोध गरेकी छन् । श्रीमान्‌ले आफूमाथि हिंसा गरेको तर त्यसविरुद्ध उजुरी दिँदा पनि आफूले न्याय नपाएको भन्दै यादवले सर्वोच्चको गेट अगाडि रातो रङसहितको पानी फ्याँकेर विरोध जनाएकी हुन् ।

आफूलाई परिवार नै मिलेर श्रीमान् र काका ससुराले जबरजस्ती गरेर शारीरिक हिंसा गरेको भन्दै उनले प्रहरीकहाँ उजुरी दिएकी थिइन् । अहिले उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ ।

त्यसअघि रामेछाप जिल्ला अदालतको इजलासमै बिनुले विष पिएर आत्महत्याको प्रयास गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here