बागमती प्रदेशमा निर्वाचित सांसदहरुको नामावली

काठमाडौ । मंसिर ४ गते भएको आम निर्वाचनबाट बागमती प्रदेशका लागि प्रदेश सभा सदस्यमा सांसद निर्वाचित भएका छन् । नयाँ अनुहारका साथ केही पुराना सांसदहरु निर्वाचित भएका छन् । धेरै जसो निर्वाचनमा होमिएपनि पराजय भोग्दै प्रदेश सभा सम्मको यात्रा पाँच वर्षका लागि टुङ्गिएको छ । 
केही सांसद उम्मेदवार नै भएनन् भने केही सांसद प्रतिनिधि सभामा उम्मेदवार बने । जसमध्ये केही विजयीका साथ प्रतिनिधि सभाको यात्रा तय गरे भने केहीले पराजय भोगेका छन् । बागमती प्रदेशका बहाल वाला मन्त्रीहरु तथा पुर्व मन्त्रीहरु केहीले विजयी हात पारे भने केहीले पराजित भए ।

यी हुन् नव निर्वाचित प्रदेश सभाका सांसदहरुः
चितवन 
जगनाथ थपलिया (एमाले), कृष्णप्रसाद शर्मा खनाल (नेकपा(एस), कृष्णप्रसाद सिलवाल (एमाले), उत्तम जोशी (कांग्रेस), गिरबहादुर तामाङ, (राप्रपा) र ठाकुर प्रसाद ढकाल (माओवादी)
मकवानपुर
ईन्द्रबहादुर बानियाँ (कांग्रेस), एकालाल श्रेष्ठ(एमाले), कुमारी मोक्तान( माओवादी) र प्रेमबहादुर पुलामी (माओवादी)
धादिङ 
यदुकुमार श्रेष्ठ (कांग्रेस), शालिकराम जम्कट्टेल(माओवादी), गोविन्द लम्साल (कांग्रेस), डम्बर तामाङ (राप्रपा)
रसुवा
प्रभात तामाङ (कांग्रेस) र इन्द्रप्रसाद गोतामे (माओवादी)
नुवाकोट
राधिका तामाङ (माओवादी) रमेश कुमार महत (कांग्रेस), रामप्रसाद ढुङ्गाना(माओवादी) र बहादुर सिंह लामा (कांग्रेस)
सिन्धुली
मातृका प्रसाद भट्टराई( माओवादी), रामकुमार पहाडी(कांग्रेस), छेत्रबहादुर बम्जन(कांग्रेस), गंगानारायण श्रेष्ठ( माओवादी)
काठमाडौं
कांग्रेसबाट निर्वाचितहरु दीपेन्द्र श्रेष्ठ, सुरजचन्द्र लामिछाने, छिरिङ दोर्जे लामा, विमल ठकुरी, श्रीराम लामिछाने, श्यामबहादुर खड्का, हरिप्रभा खड्गी, एमालेबाट निर्वाचित केशवप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, अमनकुमार मास्के र जयराम थापा, राप्रपाबाट निर्वाचित सुनील केसी, राजु विष्ट, राजेन्द्र प्रजापति, उद्धव थापा र नुरज बज्राचार्य, नेकपा (एस)बाट बसन्त प्रसाद मानन्धर र रमा आलेमगर, हाम्रो नेपाली पार्टी(लौरो)बाट शैलेन्द्रमान बज्राचार्य 
भक्तपुर 
सुरेश श्रेष्ठ (कांग्रेस), सुरेन्द्रराज गोसाई(नेमकिपा), किरण थापामगर (एमाले) र राजेन्द्रमान श्रेष्ठ(नेकपा एस)
ललितपुर
मधुसुदन पौडेल (एमाले), मीनकृष्ण महर्जन(कांग्रेस),रामेश्वर श्रेष्ठ(एमाले),रामकृष्ण चित्रकार(कांग्रेस), रघुनाथ महर्जन(एमाले) र प्रेमभक्त महर्जन(एमाले)
काभ्रे
रत्नप्रसाद ढकाल (माओवादी), तीर्थबहादुर लामा(कांग्रेस), लक्ष्मण लम्साल( नेकपा एस) र कन्चनचन्द्र वादे(कांग्रेस)
सिन्धुपाल्चोक
मसिना खड्का (कांग्रेस), सरल सहयात्री पौडेल (माओवादी), युवराज दुलाल(माओवादी) र कृष्णकुमार तामाङ
रामेछाप
माओवादीबाट तारानारायण श्रेष्ठ र युवराज चौलागाई 
दोलखामा भने मत गणना भएको छैन् । 
माथि उल्लेखित निर्वाचित सांसदहरुमा धेरैजसो नयाँ अनुहार रहेका छन् । प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ काठमाडौंमा राप्रपाका सुनील केसीसँग पराजित हुन पुगे । उपसभामुख राधिका तामाङ भने नुवाकोटबाट पुनः निर्वाचित भएकी छिन् । प्रदेश सरकारका बहालवाला मन्त्रीहरु माओवादीका रत्नप्रसाद ढकाल, कुमारी मोक्तान, शालिकराम जम्कट्टेल पुनः निर्वाचित भएका छन् । तर श्रम मन्त्री घनश्याम दाहाल भने चितवनमा पराजित भए । पुर्व मन्त्री युवराज दुलाल भने निर्वाचित भएका छन् । 
नेपाली कांग्रेसबाट मन्त्री बनेका दीपेन्द्र श्रेष्ठ पुनः निर्वाचित भएका छन् । अन्य मन्त्री तथा राज्यमन्त्रीहरु उम्मेदवार नै भएनन् । त्यस्तै, नेकपा (एस)बाट मन्त्री बनेका कृष्णप्रसाद शर्मा खनाल र बसन्तप्रसाद मानन्धर पुनः निर्वाचित भएका छन् भने अन्य मन्त्री तथा राज्यमन्त्रीहरु उम्मेदवार बनेनन् । सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे भने प्रतिनिधि सभामा निर्वाचित भएका छन् । 
प्रदेश सरकारका पुर्व मुख्यमन्त्रीहरु डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य उम्मेदवारनै भएनन् । पुर्व मन्त्रीहरुमा रामेश्वर फुयाँल प्रदेशमा, कैलाश प्रसाद ढुङ्गेल र सरेश नेपाल प्रतिनिधिसभामा पराजित भए । 
प्रदेश सभाका चर्चित अनुहारहरुमा एमालेका दीपक निरौला, राप्रपाकी रिना गुरुङ, माओवादीका घनश्याम दाहालले पराजित भोग्नु पर्यो भने कांग्रेसका छिरिङ दोर्जे लामा, प्रभात तामाङ, नेकपा (एस)की रमा आलेमगर, नेमकिपाका सुरेन्द्रराज गोसाई भने पुनः निर्वाचित भएका छन् । 
दोलखाबाहेक बागमती प्रदेशमा नेपाली कांग्रेसले २४ सिट जीतेको छ भने नेकपा माओवादी केन्द्रले १४ सिट, नेकपा एमालले १२ सिट, नेकपा (एस)ले ५ सिट, राप्रपाले ७ सिट, हाम्रो नेपाली पार्टीले १ सिट र नेमकिपाले १ सिट जितेको छ । प्रत्यक्ष तर्फ ६६ सिटका लागि निर्वाचन गरिएको हो । सामानुपतिक गरि प्रदेश सभामा ११० जना प्रदेश सभा सदस्य रहन्छन् ।   
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here