म्युजिक मस्तीको वाषिर्कोत्सव विविध कार्यक्रम सहित सम्पन्न

पोखरा । Chlubhouse App मा Music मस्ती द्वारा संचालित Music मस्तीको वार्षिक उत्सव कार्यक्रम २०७९/०८/१० गते सम्पन्न भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता Music मस्तीका  संयोजक बिनिता तिमिल्सिना(वर्षा)ले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा मिठो स्वरका धनी लोकप्रिय नेपाली लोक दोहरी गायक अर्जुन सिंह खड्काले आसन ग्रहण गर्नु भएको थियो उक्त कार्यक्रममा मुक्तक मञ्चको तर्फबाट सरोज परियार(गोर्खा), Music मस्तीका Admin सुरेश क्षेत्री , leader सुरेश बाबू रावल , लक्ष्मन पौडेल, बरुण तिमिल्सिना , रबि घिमिरे लगायतका ब्यक्तिहरूले आतिथ्य ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा देश बिदेशमा रहनु हुने दिदीबहिनी दाजुभाइहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेर रमाइलो गर्नु भएको थियो र रमाइलो गरे बापत नेपाल भित्र रहनु हुने दिदीबहिनी दाजुभाइहरुलाई रु.300/- का दरले रिचार्ज गरिदिएको थियो भने सो रकम कोरियाबाट केशव भट्टराईले प्रायोजन गर्नु भएको थियो साथै उक्त कार्यक्रमबाट दृस्टी बिहिन बहिनी मिठो स्वरका धनि विपना खनाल लाई हार्मोनियम उपहार प्रदान गर्ने र हार्मोनियम सिक्दा लागेको रकम हाल कोरियामा रहनु हुने केशव भट्टराईले ब्यबस्थापन गर्ने प्रतिबद्धता पनि गर्नु भएको छ । कार्यक्रम संयोजक बिनिता तिमिल्सिना (बर्षा)ले कार्यक्रममा सहभागीता जनाउनु हुने सम्पूर्णलाई धन्यवाद दिदै र विपना बहिनिलाई बधाई र छिट्टै सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दै, यस्तै कार्यक्रमको  निरन्तरता दिने प्रतिबद्दता सगैँ प्रायोजक तथा यस कार्यक्रमलाई भब्य बनाउन महत्त्वपूर्ण  भुमिका निर्वाह गर्नुहुने Quty , Super , Prativa ,  अशोक , अनामिका , राजेश , निरु , सुनिल, रितु , कन्चन , भगवती , रुन्ची , निर्भिहान्सा , लगाएत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई  र कार्यक्रम ब्यवस्थापन मा सहयोग गर्नुहुने मुक्तक मन्चका केन्द्रिय सदस्य किरण ढकाल र हाल अस्ट्रेलियाम रहनु हुने देबेन्द्र बजगाई लाई बिशेष धन्यवाद प्रकट गर्नुभएको थियो । उक्त कार्यक्रम Music मस्तीकी Leader रिभर्सी क्षेत्रीले सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here