पश्चिमी वायुको कारण यी क्षेत्रहरुमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
आज प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ, भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाको छ, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here