तपाई जहाँ जुन अवस्थामा हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुस्: सफल भइन्छ  

प्रेरक भनाइ । हुनसक्छ कि तपाईँ सोच्नुहुन्छ कि शिक्षा, मौका या संसाधनको रूपमा अधिकांश मानिसको सुरुवात धेरै कम राम्रो स्थितिबाटै हुन्छ । सफल मानिसको कथा असलमा ती मानिसको कथा हो जसले खाली हात सुरुवात गरेका थिए र आफ्नो जिन्दगी सजाएका थिए ।
जिन्दगीको बिसौँ वर्षमा थोरै पैसा र सीमित शिक्षाका साथ प्रवेश गर्दा म धेरै लाजको महसुस गरिरहेको थिएँ । फेरि मलाई थाहा भयो कि अधिकांश मानिस कम या बिना पैसामा सुरुवात गर्छन् । यदि उनीहरूले राम्रो शिक्षा प्राप्त गरेका भए पनि बाहिरको दुनियाँमा आउने बित्तिकै त्यो सबै बेइमानी लाग्न थाल्दछ ।
फेरि आफूमा कुनै नैसर्गिक प्रतिभा नभएको  नोकरी नपाएको अफसोस हुन थाल्छ, अफसोस हुन थाल्छ । पछि थाहा हुन्छ कि अधिकांश मानिसको सुरुवात यस्तै हुन्छ । अधिकांश मानिस कयौँ कुरामा असफल भएपछि आफ्नो प्रतिभा र योग्यताको लायक काम प्राप्त गर्न सक्छन् ।
वास्तविकता यही हो, तपाईँ जे प्राप्त गर्न लागिरहनु भएको छ, त्यसको लागि प्रयास पनि तपाईँले नै गर्नुपर्ने छ । अरू कसैले यो काम तपाईँको लागि गरिदिँदैन । तर यदि तपाईँ सिक्न, उन्नति गर्न, कयौँ काम गर्न जारी राख्नुहुन्छ भने आखिर कार तपाईँले मौका पाउनु हुनेछ । हरेकले यो मौका पाउँछ । याद राख्नुस् मौका कुनै फुटबलको खेल झैँ हुन्छ ।
जबसम्म तपाईँ अगाडि बढेर बल आफ्नो कब्जामा पार्नुहुन्न तबसम्म त्यो त्यहीँ रहन्छ र त्यसको म्याचको स्कोमा कुनै असर पर्दैन । जब तपाईँले मौका पाउनु हुन्छ तब तत्काल त्यसको फाइदा उठाउनको लागि जुट्नुस् ।
 
साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here