त्रिपुरासुन्दरीले जित्यो धादिङ क्रिकेट लिगको उपाधि

धादिङ । धादिङ क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरी गाउँपालिकाकाले जितेको छ । सोमबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीले धुनिबेसी नगरपालिकालाई ४ विकेटले हराउदै उपाधि जितेको हो । यो संगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनिवेशीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

बिशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको धुनिवेशी नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोडेको थियो । धुनिवेशीले सुरुवातबाट नै विकेट गुमाउदै गएता पनि ओपनर कौशल रुपाखेतीले क्रिसमा समालेर ब्याटिङ गरेका थिए । उनले ५९ रन ७ चौका र ५ छक्काको सहित सर्वाधिक ७६ रनको योगदान दिए । संस्कार पाठकले १२ रन बनाए । अन्य ब्यटरको प्रदर्शन भने सम्झन लायक रहेन ।
त्रिपुरासुन्दरी गाउँपालिकाका तिब्र गतिका बलर बिशाल थपलियाले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिए । बुबा र छोराको जोडीले ३ विकेट लिए । बुबा उदय थापाले २ विकेट लिए भने छोरा अमृत थापाले १ विकेट लिए ।
११३ चुनौतीपूर्ण लक्ष्य पछ्याएको त्रिपुरासुन्दरी गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११६ रन बनायो । १० ओभरमा २ विकेट गुमाउदै त्रिपुरासुन्दरीले ५० रन बनाएको थियो । १०औ ओभरको दोस्रो र तेस्रो बलमा धुिनबेसीका समिर तिमल्सिनाले उदय थापा र सहिल भण्डारीलाई बोल्ड गर्दै धुनीबेसीलाई खेलमा फर्काएका थिए । ३० बलमा ३० रन आवश्यक रहदा त्रिपुरासुन्दरीले ५औ विकेटको रुपमा सौरब थपलियाले ९ रन बनाएर आउट भए । १४ बलमा १४ रन आवश्यक रहदा त्रिपुरासुन्दरी ६औ विकेटको रुपमा राम बहादुर रानाको विकेट गएको थियो । अन्तिम ६ बलमा ५ रन आवश्यक रहँदा २०आँै ओभरको पहिलो बलमा कप्तान अमृत थापाले कौशललाई चौका प्रहार गरेका थिए । दोस्रो बलमा बाईको रुपमा चौका हुदा त्रिपुरासुन्दरीले उपाधी जितेको थियो ।
धुनीबेसीका सुनिल बानियाले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । समिर तिमल्सिनाले पनि २ विकेट लिए । खेलको म्यान अफ द म्याच अमृत थापा भए । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी अमृत थापा भए । त्रिपुरासुन्दरीलाई उपाधी दिलाउने अमृत थापाले ९७ बलमा १३५ रन बनाउदै १२ विकेट लिए । प्रतियोगिताका उत्कृष्ट बलर अमृत थापा भए उत्कृष्ट ब्यटर कौशल रुपाखेती भए । कौशलले प्रतियोगितामा १६८ बलमा २३९ रन बनाएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here