रुबीभ्यालीका अध्यक्ष रामसिङ तामाङ र खनियाबासका उपाध्यक्ष सेकेमान तामाङ स्वदेश फिर्ता

धादिङ । नर्थ युरोपियन एकेडेमी फिन्ल्यान्डको निमन्त्रणामा रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङ, खनियावास गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ, खनियाबसका प्रबक्ता जेम्स अनारस र खनियाबासका प्रमुख प्रशासकिय अधिकृत बाल कृष्ण नेपाली लगायतको टोलि फिन्ल्यान्डको ११ दिने भ्रमण पश्चात् आज स्वदेश फर्कनु भएको छ ।

भ्रमणमा त्यस देशको स्थानीय शासन सञ्चालन, शिक्षा, स्वास्थ, आधुनिक प्रबिधि तथा आर्थिक ब्यबस्था लगायतका बिषय बस्तुमा अध्यन गर्नुको साथै जानकारी लिनु भएको रुबीभ्याली अध्यक्षको सचिवालयले होराईजन खबरलाई बताउनु भयो । साथै त्यस भ्रमणको सम्पूर्ण खर्च समेत नर्थ युरोपियन एकेडेमीले नै ब्यबस्थापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here