नेपालमा डेङ्गुको नयाँ प्रजाति सेरोटाइप ‘थ्री’ पुष्टि

नेपालमा डेङ्गुको नयाँ प्रजाति पुष्टि भएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गुको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिएका छन् ।
प्रतिष्ठानमा १२ वटा नमुनामा परीक्षण गर्दा सात वटामा सेरोटाइप ‘वान’ देखिएको छ भने पाँच वटा नमुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको दाहालले जानकारी दिए । डेङ्गुको चार वटा सेरोटाइप हुनेमा सेरोटाइप ‘वान’ र ‘टु’ योभन्दा अगाडि पनि नेपालमा देखिएको थियो भने सेरोटाइप ‘थ्री’ भने पहिलो पटक नेपालमा देखिएको हो ।
कुनै व्यक्तिलाई एउटा सेरोटाइपको डेङ्गी पहिला नै पुष्टि भइसकेको छ भने अर्को सेरोटाइप पनि देखियो भनेमात्रै जोखिम हुन सक्ने डा दाहालको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सातै प्रदेशका अस्पतालबाट दुई सय ५० वटा नमुना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here