देशभर निर्वाचनको रौनक, धादिङमा राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा

धादिङ । निर्वाचन आयोगले आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति घोषण गरेसंगै विभिन्न्न राजनैतिक दलहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचार प्रसार अभियन नै सञ्चालन गरेर अघि बढिरहेका छन ।
निर्वाचनको मुखैमा आएर दल दर्ता गरि देशका सात वटै प्रदेशहरुमा प्रतिनिधिसभा र समानुपातिक पदका उमेद्वार रहेका पुर्व सञ्चारर्मी रबि लामिछाने नेत्तृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह घण्टी लिएर देश दउरानमा रहेका छन ।
सात प्रदेशको ७७ वटा जिल्ला मध्ये धादिङ जिल्लामा पनि २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा हाँस्य कलाकार कमेडियन हिमेश पन्तको नेत्तृत्वमा र २ मा सफल महिला उद्यमी व्यवसयी बसू मायाँ तामाङ रहेकी छिन् ।
आफ्नो निर्वाचन क्षेत्रमा रहेको जनताको समस्य,माग,बिकास निर्माणको अवस्था र भावी योजनाको कार्यदिशा र लक्ष्यको एजेण्डहरु लिएर यतिबेला निर्वाचन क्षेत्र नम्बर २ का उमेद्वार बसू मायाँ तामाङ जनताको घर दैलोमा पुृगेका छन् ।
उमेद्वार तामाङले धादिङको निलकण्ठ नगरपालिका,त्रिपुरा सुन्दरी गाउँपालिका र विभिन्न स्थानीय तहहरुमा पुग्ने बताउनुभयो । उहाँले पटक पटक निर्वाचन जिताएर पठाउँदा पनि बिकास र जनताको माग सम्बोधन गर्न नसकेको,चरम भ्रष्टचारमा सरकार डुबेको जनताको आक्रोश रहेको बताउदै यस पटक चुनाव चिन्ह घण्टीमा जनताले मत बदल्नुपर्ने,समग्र जिल्ला संगै देशको अवस्था बदल्ने जिम्मेवारी हामीले मात्र लिन सक्ने बताउनुभयो ।
धादिङ जिल्ला राजधानीसंग जोडिएको भएपनि अहिले सम्म जनताले चाहे जति बिकास,जातिय सम्मान,वर्गिय समानता,शैक्षिक,स्वस्थ्या,आर्थिक र व्यवासयीक अवस्था कमजोर रहेको बताउँदै उमे्दवार तामाङ्ले आफुले एउटा सानो उद्योगबाट विश्वमाझ नेपाल नेपालीको सीपमूलक सामाग्रीहरु उत्पादन गरि चिनाउन सफल भएको बताउनु भयो ।
यो पटक धादिङ्को बिकासमा उद्योग र स्वस्थ्या शिक्षाको प्रविधिमय बिकास,प्रत्येक स्थानीय तहहरुमा कम्तीमा ५० शैयाको प्रविधियूतm अस्पताल,कृषि,पर्यटन,जोखियुक्त बस्तीहरुको स्थानतरण अपाङ्गता,अनाथ भनिएको बालबालिको संरक्षण, सञ्चार क्षेत्रको बिकास, सडक सञ्जाले प्रत्येक गाउँबस्तीमा पुग्ने गरि बिकास,धार्मिक स्थल,मठ मन्दिर गुम्बा, चर्चहरुको संरक्षण सम्वद्र्वन, भ्रष्टचारमुक्त समाज, सेटिङ र सेन्डिकेटतन्त्रको अन्त्य र आम नागारिकलाई सुसासन सुरक्षाको ग्यारेन्टी गर्ने गरि आफ्नो उमेद्वार रहेको प्रस्ट पार्नुभयाृे ।
गत स्थानीय तह निर्वाचनको परिणाम पछि ठुला दल भन्नेहरुलाई चुनौती दिदै आईरहेको स्वतन्त्र उम्मेदवारहरुले निर्वाचित भएपश्चात गरेको कामप्रति जनता उत्साहित भएका छन् ।पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी पनि जनतामाझ उतिकै लोकप्रिय बन्दैछ ।आम नागारिकसंग प्रत्यक्ष जाडिरहने देखिने गरि बिकास गर्ने पार्टीको लक्ष्य रहेको छ,निर्वाचनको समय अब ३२ दिन मात्रै बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here