स्वतन्त्र उम्मेद्वार देवी पाण्डेले जगत सिंखडालाई सघाउने प्रतिबद्धता

कार्तिक – १ । धादिङ क्षेत्र नं. २ (ख) बाट बागी उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी महासमिति सदस्य देवी पाण्डे बुर्लाकोटीले गठबन्धनका उम्मेदवार जगत सिंखडालाई समर्थन गर्ने निर्णय गरेकी छिन् ।
उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन गरेर जानुपर्ने पार्टीको बाध्यतालाई आत्मसात गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय पारेको जानकारी दिएकी हुन् । उक्त क्षेत्रबाट सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट जगत सिंखडा उम्मेदवार बनेका छन् । उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here