सी जिनपिङले ५ बर्षका लागि तेस्रो कार्यकाल पाउने अनुमान

अन्तरास्ट्रिय खबर । चीनका राष्ट्रपति सी जिनपिङ तेस्रो पाँच वर्षे कार्यकाल पाउने अनुमान गरिएको छ । ६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा उनको पकड अझ बलियो हुने अन्तराष्ट्रिय संचार माध्यामले आँकलन गरेका छन् ।
सन् २०१८ मा चीनमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा खारेज गरेका कारण सी जिङपिङले तेस्रो कार्यकाल काम गर्न पाउने बाटो खुलेको थियो । सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले तेस्रो पाँचवर्षे कार्यकाल दिने तयारी गरेको हो ।
हाल सी जिनपिङले तीनवटा उच्च पद सम्हालिरहेका छन् । महासचिवका रूपमा उनी चीनको कम्युनिस्ट पार्टीको प्रमुख हुन् भने राष्ट्रपतिको रूपमा उनी राष्ट्रप्रमुख हुन् । त्यसैगरी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उनले देशको सशस्त्र फौजको नेतृत्व गर्छन् । उनलाई चीनको सर्वोच्च नेता पनि भनिन्छ ।
सी अधिवेशनमा पार्टी महासचिव तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष र अर्को वर्ष हुने वार्षिक राष्ट्रिय जनकंग्रेसको बैठकमा अध्यक्ष हुने सम्भावना रहेको बिबिसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here