रामनाथ अधिकारी सत्ता गठबन्धनबाट धादिङ क्षेत्र न. २ को साझा उम्मेदवारी

धादिङ । नेपाली काग्रेस धादिङका सभापती रामनाथ अधिकारीले धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा टिकट पाएका छन् ।

काग्रेस नेता मध्ये अधिकारी जनताको लोक प्रिय नेताको रुपमा चिनिन्छन् । उनले टिकट पाएपछि धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । यसै क्षेत्रमा नेकपा एमालले नेता खेम प्रसाद लोहनीलाई टिकट दिइसकेको छ ।

त्यसै गरि प्रतिनिधि सभा २ को क मा नेपाली काग्रेसका नेता गोबिन्द लम्साल र प्रतिनिधि सभा १ को क मा मधुकुमार श्रेष्ठ ले प्रदेश सदस्यमा टिकट पाएका छन् ।

त्यस्तै गठबन्धनले जिल्लाको क्षेत्र नम्बर १ मा एकीकृत समाजबादीका राजेन्द्र पाण्डेलाई उठाउने निर्णय भएको छ र सोही क्षेत्रको प्रदेश क मा कांग्रेस बाट मधुकुमार श्रेष्ठ र प्रदेश ख माओवादी बाट शालिकराम जमकट्टेललाई उठाउने भएको छ भने क्षेत्र नम्बर २ तर्फ नेपाली कांग्रेसलाई र सोही क्षेत्रको प्रदेश क मा काग्रेसका नेता गोबिन्द लम्साल र ख मा माओवादी बाट जगत सिंखडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here