मनकारी शिक्षक: जस्ले दशै भत्ताको तलबले बिपन्न एकल महिला, वृद्ध र दृष्टि बिहिनलाई दिए सहयोग

धादिङ । लेकाली आधारभूत विद्यालयका प्र.अ. सुवास बि.क. द्वारा आफ्नो दशै भत्ताको तलबले बिपन्न एकल महिला, वृद्ध र दृष्टि बिहिन करिब १४ जनालाई जाडो समयमा लगाउने न्यानो कपडा स्वीटर किनेर बितरण गर्नु भएको छ ।

खनियाबास २ का सुवास बिक मनकारी, सहयोगी, समाजको सेवामा निस्वार्थ लाग्नु हुने एक प्रेरक ब्यक्ती हुनुहुन्छ । उहाँ शिक्षण पेशा संगै सामाजिक कार्यमा समेत सकृय हुनुहुन्छ ।

“अरूको हित नै आफ्नो हित हो । मलाई सामाजिक काम गर्न मन लाग्छ। हामीले कहिले कही सामाजिक काम पनि गर्न सिक्नुपर्छ ।” – सुवास बि.क.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here