बिजय दशमीको अवसरमा रुबीभ्यालीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धादिङ । उत्तरी धादिङको रुबीभ्याली ३ सेर्तुङमा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अवसरमा रुबीभ्याली गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको गाउँपालिका अध्यक्ष सचिवालयले जानकारी गराउनु भयो ।

गाउँंपालिका अध्यक्ष रामसिङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा रुबीभ्याली ३ का वडा अध्यक्ष फेदोर्जे तामाङ अन्य केही गाउँपालिकाको कार्यपालिका सदस्यहरु, विभिन्न दलका प्रतिनिधिहरु, सुरक्षा कर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पालिका अध्यक्ष रामसिङ तामाङले यस बिजय दशमीले सम्पुर्ण नेपालीहरु माझ मेलमिलाप र एकताको भावनाको बिकास हुने । टाढा टाढाका दाजुभाइ इष्टमित्रहरु पनि गाउँ घरमा आउने र परिवार बिच एबं रास्ट्र र राष्ट्रियता को भावना अझै बलियो हुने बताउनु भयो । त्यसैले हामी सबैले सबैको धर्म संस्कृतिको सम्मान गर्दै आपसमा मिलिजुली बिकास एब समाज रुपान्तरणमा लाग्नु पर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here