प्रथम सहिद छेज्यु तामाङ १० किलो मिटर खुल्ला दौड प्रतियोगितामा बेगबहादुर तामाङ प्रथम

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका – ५ स्थित सत्यदेविमा आयोजित प्रथम सहिद छेज्यु तामाङ १० किलो मिटर खुल्ला दौड प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

गोम्पोङ समाजद्धारा आयोजित खुल्ला दौड प्रतियोगितामा खनियाबास ३ का बेगबहादुर तामाङ प्रथम भएको छ भने खनियाबास ४ का पारस तामाङ द्धितिय र खनियाबास ५ का सुजन तामाङ तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १५ हजार र प्रमाण पत्र, द्धितियलाई १० हजार र प्रमाण पत्र, तृतीयलाई ५ हजार र प्रमाण पत्रले पुरस्कृत गरिएको छ । प्राप्त गर्ने आयोजकले जनाएको छ ।  प्रतियोगितामा ४४ जना सहभागि भएका थिए ।

सभापति रेकमान तामाङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पुर्व कानुन राज्यमन्त्री दिलमान पाख्रीनको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिहरुमा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङ र वडा अध्यक्ष रबिन कुमार तामाङ रहनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here