खनियाबास ५ को माहुरमा प्रशस्त अर्गानिक चिया उत्पादन: बजारको अभाव

धादिङ । खनियाबास गाउँपालिका ५ को माहुर गाउँमा प्रशस्त मात्रामा स्थानीय स्तरमै अर्गानिक चिया उत्पादन भैरहेको छ । सुरुमा नुवाकोट बाट बिउ ल्याएर उत्पादन सुरु गरिएकोमा हाल गाउँ भरी नै राम्रो मात्रामा उत्पादन भैरहेको स्थानीय नितिका तामाङले होराईजन खबरलाई बताउनु भयो ।

मयरोङ लामा किराना पसलका संचालक समेत रहनु भएकी तामाङ उत्पादन राम्रो भएता पनि बजारको अभाव हुँदा किसानहरुलाई समस्या भएको बताउनु हुन्छ । हाल १५ सय चियाको बोटहरु छन र माश्रीक कम्तीमा १० हजार सम्म आम्दानी हुने गर्दछ । यद्यपि बजारको ब्यबस्थापन नहुदा सोचे जस्तो आम्दानी हुन नसकेको तामाङ बताउनु हुन्छ ।

साथै यदि बजारको उचित ब्यबस्थापन हुने हो भने थुप्रै किसानहरुले स्थानीय स्तर मै स्वरोजगार पाउन सक्ने साथै बाहिर बाट आउने चिया कफीको सट्टा स्थानीय स्तर मै उपलब्ध चियाले पैसाको पनि बचत हुने र स्वास्थ्यको हिसाबले पनि अत्यन्तै राम्रो हुने नितिकातामाङ बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here