इरानमा हिजाबविरोधी प्रदर्शनमा ७५ प्रदर्शनकारीको मृत्यु: यो प्रदर्शनको कारण यस्तो छ

अन्तर्राष्ट्रिय खबर । इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ। ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान हुमन  राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो।
आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन्। प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ । तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मृत्यु भएको छ।
हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो। खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। यसबीच, महिलाहरुले लगातार ११औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here