बिदुर १३ को कन्या देबि आ.बि.मा करेसा बारि निर्माण कार्य सम्पन्न

नुवाकोट । जिल्लाको बिदुर नगरपालिका १३ स्थित हर्कपुरमा रहेको कन्या देबि आ.बि.मा आइतबार करेसा बारि निर्माण कार्य सम्पन्न भएको छ ।

शिक्षक तथा विद्यार्थीहरुको सकृय सहभागितामा विद्यालय वरपर खेर गइरहेको जमिनलाई सदुपयोग गर्दै करेसा बारिको निर्माण गरिएको विद्यालय प्र.अ. रामचन्द्र भण्डारीले बताउनु भयो ।

साथै करेसा बारिको ताजा सागसब्जिले विद्यार्थी तथा शिक्षकहरुको दिवा खाजालाई थप पोषिलो बनाउने, बाताबरण सफा हुने र विद्यार्थीहरुलाई समेत कृषि कार्य लगायत अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रेरणा मिल्ने प्र.अ.भण्डारी बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here