सशस्त्र प्रहरीमा १५२ असई र इन्सपेक्टरको माग (सूचनासहित)

काठमाडौँ । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई)का लागि आवेदन माग गरेको छ ।
लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १ सय ५२ इन्सपेक्टर र असईका लागि आवेदन माग गरेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिने सूचनामा बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here