हिन्दी भर्सनमा ‘प्रेम गीत ३’ रिलिजका लागि फुकुवा

काठमाडौ । फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्तत रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो ।

वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुनेछ ।

नेपाली संस्करणको सेन्सर भएपनि विवादले हिन्दीको सेन्सर रोकिएको थियो । निर्माण आशुसेन प्रोडक्सनले हिन्दीलाई पनि नेपाली सरह सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएका थिए । शुक्रबार नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी संस्करणमा यो फिल्म प्रदर्शनमा आउने छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here