आपसी व्यवहारको कुशलताले सफलता प्राप्त गर्न मद्दत गर्दछ

प्रेरक भनाइ । मानिससँग आपसी व्यवहारको कुशलता तपाईंको दिमागको शक्ति बताउने खालको छैटौँ गुण हो । जहाँसम्म अमेरिकाको कुरा छ आजकाल सबैभन्दा धेरै पैसा यही गुणलाई दिइन्छ ।
यो असलमा तपाईंको मानिससँग भेट गर्ने, संवाद गर्ने, मोल भाव गर्ने, प्रभावित गर्ने र त्यसलाई मनाउने गुण हो । यसमा तपाईंको विचार, भावना र प्रेरणा बाहेक अगाडिको मानिसको आकाङ्क्षाको पनि धेरै ठूलो महत्व हुन्छ । धेरै राम्रो व्यवहार कुशल व्यक्तिमा अरुसँग मिलेर काम गराउने गुण हुन्छ ।

सफल मेनेजर, टीम लिड र कहाँसम्म भने सेनाका अफिसरमा पनि आफू मातहतसँग कुशल संवाद गर्ने व्यवहार कुशलता भरिएको हुन्छ । परिणाम के हुन्छ भने ऊसँग जोडिएका कुनै पनि लक्ष्य प्राप्त गर्नका लागि पूरा जोड लगाइदिन्छन् ।

सेल्स लाइनमा सबैभन्दा धेरै पैसा तिनै मानिसलाई दिइन्छ जसले मानिसलाई आफ्नो उत्पादन या सेवा लिनको लागि राजी गराउँछन् । सबैभन्दा सफल उद्योगपति, सल्लाहकार र पेसेवर मानिस यो गुणको प्रदर्शन राम्ररी गर्छन् । कुनै राजनीतिज्ञको लागि त यही एक गुण सफलताको हिसाबले सबैभन्दा जरुरी हुन्छ । हुनसक्छ, तपाईंसँग यही गुण सबैभन्दा धेरै होस् ।

साभारः ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here