प्रमुख दलका शीर्ष नेताहरु लड्ने निर्वाचन क्षेत्रहरु यी हुन

काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न नसकिरहेको बेला प्रमुख दलका शीर्ष नेताहरु लड्ने निर्वाचन क्षेत्र भने तय भएको छ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुरद देउवा डडेल्धुराबाट निर्वाचन लड्ने पक्का भएको छ। यसअघि देउवा डडेल्धुराबाट चुनाव जित्दै आएका छन्।
यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट चुनाव लड्ने तय भएको छ। ओलीले यसअघिको चुनावपनि सोही निर्वाचन क्षेत्रबाट जितेका थिए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम धेरै ठाउँबाट सिफारिस भएपनि उनी चितवन-३ बाट चुनाव लड्ने तय भएको छ। उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौटहत-२ बाट चुनाव लड्ने तय भएको छ। उनी यसअघि काठमाडौं-२ बाट निर्वाचित भएका थिए। यो पटक पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि स्थानीय तह निर्वाचनमा पार्टीले रौटहतमा राम्रो मत ल्याएका कारण नेपाल सो क्षेत्रबाट उम्मेदवार बन्ने तय भएको हो।
जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव सप्तरी-२ बाट चुनाव लड्ने तय भएको छ। उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
यसैगरी एमाले महासचिव शंकर पोखरेल दाङ-२ बाट चुनाव लड्ने तय भएको छ। यसअघि उनी प्रदेशसभा सदस्य थिए।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं-५ बाट चुनाव लड्ने तय भएको छ। यस्तै अन्य उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२, सुवास नेम्वाङ इलाम-२, युवराज ज्ञवाली दाङ–३ बाट नाम सिफारिस भएको छ।
यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन झापा–३ बाट उड्ने तय भएको छ। यसैगरी कांग्रेस महामन्त्री गगन थापा काठमाडौं-४, विश्वप्रकाश शर्मा झापा-१बाट चुनाव लड्ने तय भएको छ। यसैगरी डा. शेखर कोइराला मोरङ-६बाट चुनाव लड्ने तय भएको छ।
यसैगरी माओवादी नेता वर्षमान पुन रोल्पाबाट चुनाव लड्ने तय भएको छ। अर्का नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट चुनाव लड्दै छन्।
महासचिव देव गुरुङको नाम लमजुङबाट सिफारिस भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here