प्रधानमन्त्री देउवाले दूतावास पुगेर एलिजाबेथको निधनप्रति दुःख व्यक्त

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौं स्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजाबेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजाबेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । 

उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका नेताहरुले सहानूभूति व्यक्त गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here