तामाङ पत्रकार संघ खनियाबास द्वारा जनप्रतिनिधि सम्मान तथा सेनामाभर्ती भएकालाई सम्मान

धादिङ । तामाङ पत्रकार संघ खनियाबास द्वारा जनप्रतिनिधि तथा नेपाल आर्मीमा भर्ती भएको खनियाबास गा.पा का ८ जनालाई बधाई तथा सम्मान कार्यक्रम धादिङमा सम्पन्न भएको छ ।

खनियाबास गाउँ पालिका उपाध्यक्ष सेकेमान तामाङको प्रमुख आतिथ्यमा, तामाङ पत्रकार संघको केन्द्रिय सदस्य बिमल तामाङ, नेपाल पत्रकार महासंघ धादिङको अध्यक्ष राजराम शर्मा, तामाङ पत्रकार संघ बागमती प्रदेश सदस्य सन्दिप स्यामचेनको बिशेष अतिथ्यामा नेपाल आर्मीमा छनोट भएका खनियाबास गाउँपालिका भरिका ८ जना जवानहरुलाई सम्मान तथा बधाई दिनुहुदै, अझै पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउनको लागि तामाङ जातिको भाषा कला र सस्कृतिको जगेर्ना गर्नको लागि पत्रकार महासंघको सहयोग सदैव रहने पत्रकार महासंघका अध्यक्ष राजराम शर्माले बताउनु भएको छ।

त्यस्तै सम्मान तथा बधाई कार्यक्रममा सम्बोधन गर्नु हुँदै पालिका उपाध्यक्ष सेकेमान तामाङले आफ्नो तर्फबाट सक्ने सहयोग रहने बताउनुभयो र पालिका भित्रका पत्रकारहरुलाइ तालिमको लागि आवस्यक बजेट छुट्टाउने कुरा पनि बताउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि बिमल तामाङले तामाङ जातिको हकहितलाई जगेर्ना गर्नको लागि अफुले केन्द्रिय स्तर रहि सक्दो सहयोग गर्ने नेपाल आर्मीमा छनोट भएका सम्पूर्णलाई बधाई ज्ञपान गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here