सुनको मुल्यमा वृद्धि

काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँ बढेको हो । जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ बढेर प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here