नेवा पत्रकार राष्ट्रिय दबुः धादिङको तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा सन्तोषराज श्रेष्ठ

धादिङ । नेवा पत्रकार राष्ट्रिय दबुः जिल्ला शाखा धादिङको अध्यक्षमा सन्तोषराज श्रेष्ठ चयन भएका छन् । बुधबार धादिङ बेसिको पत्रकार महासंघको हलमा सम्पन्न तेश्रो अधिवेशनले सन्तोषरा श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चयन गरिएको हो ।

त्यस्तै उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा लक्ष्मी शाक्य र कोषाध्यक्षमा मनिष श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा कल्पना श्रेष्ठ, सुजन श्रेष्ठ र सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।
अधिवेशनले शंकर श्रेष्ठ, सरिता श्रेष्ठ र अर्जुन श्रेष्ठलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ । भने प्रदेश प्रतिनिधिमा काजी श्रेष्ठ, टेकमान शाक्य, लक्ष्मी शक्य र सस्मिता श्रेष्ठ चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here