माओवादी केन्द्रको बागमती प्रदेशका चुनावी कमाण्डरहरुको सूची

काठमाडौं। नेकपा माओवादी केन्द्र बागमती प्रदेशले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने निर्णयसमेत गरेको छ। बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकले त्यसको लागि ३३ निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्ने तयारी गरेको छ।
बागमती प्रदेशको १३ जिल्लामा चुनावी कमाण्डर तोक्ने माओवादी बागमतीका अध्यक्ष सरल सहयात्रीले बताए। ‘चुनावी कमाण्डर तोक्ने निर्णय भएको छ तर कसलाई बनाउने भन्ने फाइनल भएको छैन’ सहयात्रीले भने ।

त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रले भदौ २० भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन पनि दिएको छ। माओवादीले यी नेताहरूलाई चुनावी कमाण्डर तोक्ने तयारी गरेको छ :
काठमाडौं- १ मा अनिल शर्मा
काठमाडौं- २ मा कुमार पौडेल
काठमाडौं- ३ मा बद्री बजगाईं
काठमाडौं- ४ मा गोविन्द बटाला
काठमाडौं- ५ मा कल्पना शर्मा
काठमाडौं- ६ मा हिमाल शर्मा
काठमाडौं- ७ मा रामबाबु फुयाल
काठमाडौं- ८ मा सरिता श्रेष्ठ
काठमाडौं- ९ मा शंकर दुलाल
काठमाडौं- १० मा अञ्जना विसङ्खे
भक्तपुर- १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
भक्तपुर- २ मा दिलीप प्रजापति
ललितपुर- १ मा गंगा पराजुली
ललितपुर- २ मा उर्मिला लामा
ललितपुर- ३ मा हरि दाहाल र पद्मा राई
चितवन- १ मा कन्चन खनाल
चितवन- २ मा घनश्याम दाहाल
चितवन- ३ मा रेनु दाहाल
मकवानपुर- १ मा विजय गौतम
मकवानपुर- २ मा कुमारी मोक्तान
नुवाकोट- १ हितबहादुर तामाङ
नुवाकोट- २ मा विमला सुवेदी
सिन्धुपाल्चोक- १ मा माधव सापकोटा ‘सुबोध’
सिन्धुपाल्चोक- २ मा युवराज दुलाल ‘शरद’
धादिङ- शालिकराम जम्कट्टेल
काभ्रे- सूर्यमान दोङ र रुकु चौलागाई
दोलखा- देवी खड्का
रामेछाप- श्यामकुमार श्रेष्ठ
रसुवा- इन्द्र गोतामे
सिन्धुली- दीर्घराज श्रेष्ठ र वसन्त माझी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here