धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धी धादिङको अध्यक्षमा अनिल गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न पांचौ अधिवेशनले अनिल गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
साथै उपाध्यक्षमा पुष्पा गुरुङ, सचिवमा रेखबहादुर गुरुङ, कोषाध्यक्ष मनु गुरुङ चयन भएका छन । यस्तै संगठन विभाग प्रमुखमा निशान गुरुङ, महिला विभाग प्रमुखमा हरिमाया गुरुङ, शैक्षिक विभाग प्रमुखमा अमृत गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुखमा पृथ्वी गुरुङ, प्रचारप्रसार विभाग प्रमुखमा प्रशान्त गुरुङ चयन भएका हुन ।
त्यस्तै छोंज धीको पाचौं अधिवेशनको अवसरमा स्थानीय निर्वाचन निर्वाचित जनप्रतिनिधिहरुलाई समेत संमान गरिएको थियो । संमान हुनेहरुमा, नीलकण्ठ नगरपालिका-१ का गणेश गुरुङ, नीलकण्ठ-२ का ध्वजबहादुर गुरुङ, नीलकण्ठ-१३ का सन्तबहादुर गुरुङ, ज्वालामुखी गाउँपालिका-४ का कृष्णबहादुर गुरुङ, गंगाजमुना गाउँपालिका-३ का राजकुमार गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका-१ का ठाकुर गुरुङ, वडा नम्बर ४ का तिलबहादुर गुरुङ, वडा नम्बर ३ का सुरेश गुुरुङ सम्मानित भएका हुन् । सिद्धलेक गाउँपालिका-२ का शम्भु गुरुङ र रुविभ्याली गाउँपालिका-६ का समिर गुरुङसहित १० जना वडा अध्यक्षहरुलाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको हो ।