धादिङको गजुरीमा ट्रकमा अचानक आगलागी भै अनियंत्रित हुँदा त्रिशुली नदी किनारमा खस्यो

धादिङ । गजुरी गाउँपालिका–६ जरेखेतमा ट्रक दुर्घटना भएको छ । विराटनगरबाट खानेतेल बोकेर काठमाडौंका लागि गुडेको ना ५ ख ५९५५ नम्बरको ट्रक आइतबार बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशुली नदी किनारमा पुगेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरीका अनुसार खानेतेल बोकेर काठमाडौं जाँदै गरेको ट्रक अचानक आगलागी भइ सडकबाट त्रिशुली नदी किनारमा खसेको हो । ट्रक बिग्रेको र बाटोमा बनाउँदै आएको चालकले जानकारी दिएका छन् । ट्रकको इन्जिनबाट आगलागी भइ दुर्घटना भएको हो । मानवीय क्षति भने हुन पाएन । ट्रकले ल्याएको तेलमा ठूलो क्षति नपुगेपनि ट्रकको अगाडिको भाग जलेको छ । इलाका प्रहरी कार्यालय गजुरीका डिएसपीसहितको जनपथ प्रहरीको टोली र आदमघाटस्थित शशस्त्र प्रहरीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here